बिहीबार, पुष १०, २०८२

पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

नेपालखोज २०८२ भदौ १८ गते ११:२१

पाकिस्तानको क्वेटामा बलुचिस्तान नेसनल पार्टी (बीएनपी) को र्‍यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

विस्फोटमा घाइते भएका जमान बलुचले कार्यक्रम सकेर साथीलाई पर्खिरहेका बेला अचानक ठूलो विस्फोट भएको बताएका छन्। उनका अनुसार धेरै मानिस भुइँमा लडिरहेका थिए भने चारैतिर चिच्याहट सुनिएको थियो ।

बलुचिस्तान नेसनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचका अनुसार यो विस्फोट नवाब नियाज जेहरीको गाडीनजिकै भएको हो ।

विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मी पनि मारिएका छन् । राज्य सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।

बलुचिस्तानका मुख्यमन्त्री मिर सरफराज बुगटीले घटनाको निन्दा गर्दै विस्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्यु भनेका छन्।

प्रतिक्रिया