जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नेपालखोज २०८२ भदौ १८ गते १७:०२

सुनसरी । इटहरी उपमहानगरपालिका-२ मोहन दंगालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२० बस्ने ४६ वर्षीय कृष्ण कुमार राई समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ११ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया