बिहीबार, पुष ३, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

नेपालखोज २०८२ भदौ १८ गते १७:४२

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३११ ट्याब्लेट र नगद २ हजार ७५० रूपैयाँसहित सोही ठाउँ बस्ने भारत सितामाडी घर भएका २४ वर्षीय राजु साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकही चोक बजारबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४२० मिलिग्राम सहित उदयपुर वेलका नगरपालिका–५ बस्ने ३० वर्षीय बिरधन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४४० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय ओम बहादुर भुजेल र ३२ वर्षीय शीर्षक राई रहेका छन् । प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरीले विशाल चोकबाट शीतलचोकतर्फ आउँदै गरेको को.२७ प १६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४६० मिलिग्राम सहित सोही नगरपालिका–८ बस्ने ३० वर्षीय दशरथ खवासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित अर्जुनधारा नगरपालिका–११ बस्ने ४० वर्षीय मुलुक मुण्डालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका–३१ बस्ने ३१ वर्षीय सुमन नेपाली र पोखरा महानगरपालिका–१७ बस्ने २७ वर्षीय पारस सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९२६९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय लोकेश आचार्य र २० वर्षीय धन बहादुर सोमै मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले लोकेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

रूपन्देहीको रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवा बस्ने ३५ वर्षीय ईरसाद प्रवेजलेमलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९८ एम्पुल, बुप्रेनोर्फिन ९६ एम्पुल, प्रोमेथाजाइन ९९ एम्पुल, स्पास्मो २ सय ६० ट्याब्लेट र नगद १० लाख २० हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको युपि ५६ एएक्स ८१३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय सन्त राम रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–००९ प ४०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ३६ वर्षीय विकास तामाङ र सोही उपमहानगरपालिका–४ बस्ने ३४ वर्षीय अब्दुल मन्सुरीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले विकासको घर तलासी गर्दा उक्त पदार्थ फेला परी दुबै जनालाई पक्राउ गरेको हो ।

दाङको राप्ती गाउँपालिका–१ भालुबाङ नयाँबजार डेरा गरी बस्ने तुल्सीपुर उपमहानगरपालिका–५ घर भएका ३० वर्षीय बिराट केसीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम र नगद १ हजार ८ सय २० रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय चन्द्र चन्द र बझाङ बुंगल नगरपालिका–१० बस्ने २७ वर्षीय धन बहादुर बाग रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया