सुदूरपश्चिमको अपि हिमाल प्रवद्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपिहिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामाआरोहण हुने भएको छ ।
दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमालसुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणकोसम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग रआवश्यक पूर्वाधारको अभावका कारण ओझेलमा पर्दै आएको छ । हालै संघीय सरकारलेसुदूरपश्चिम र कर्णालीका ९७ हिमाल आगामी दुई वर्षका लागि शुल्कमुक्त गर्दैआरोहण खुला गर्ने निर्णय गरेको छ ।
यसै अन्तर्गत नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमनेपालको सहलगानीमा सञ्चालन भइरहेको ‘दिगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत, नेपाल पर्वतारोहण संघको नेतृत्व र अपि हिमाल गाउँपालिकाकोसहकार्यमा ‘समर स्किल फर प्रोफेसनल माउन्टेन गाइड कोर्स’ अन्तर्गतप्रशिक्षार्थी र प्रशिक्षकहरू आरोहणको तयारीमा गरिएको हो ।
काठमाडौंमा दुईसाता सैद्धान्तिक तालिमपछि अपि क्षेत्रमा दुई साता प्रयोगात्मक तालिमदिइनेछ । तालिम पूरा गरेका विद्यार्थीहरू आगामी दिनमा ट्रेकिङ पिक र अन्यहिमाल आरोहणमा माउन्टेन गाइड वा सहायक गाइडको रूपमा काम गर्नेछन् ।
तालिममा सहभागी टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबद्रीप्रसाद पाण्डेले काठमाडौंमा बिदाइ गरेका थिए । मन्त्री पाण्डेले योअभियान सुदूरपश्चिमका लागि ऐतिहासिक भएको उल्लेख गर्दै यसले स्थानीय समन्वयर सहकार्य प्रवद्र्धन गर्ने र दुवै प्रदेशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए । प्रशिक्षणका क्रममा अपि हिमालनजिकैको ल्हायुल पिकमा १४ जना प्रशिक्षार्थीले आफैं बाटो बनाएर आरोहण गर्नेतयारी गरिरहेका छन् ।
यस अभियानमा १४ जना विद्यार्थी र ६ जना प्रशिक्षकसहभागी छन् । ल्हायुल पिकको सफल आरोहणपछि प्रशिक्षकसहित ७ जनाले अपि हिमालआरोहण गर्नेछन् । त्यसलगत्तै स्थानयी १५ जना ट्रेकिङ गाइडहरुलाई पनिमाउन्टेन नेभिगेसन र क्याम्पिङको प्रशिक्षण दिइनेछ ।
यस कदमले अपि क्षेत्रजस्ता ‘भर्जिन टुरिजम डेस्टिनेसन’ को प्रवद्र्धनमामहत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । आरोही टोलीमा अपि गाउँपालिकाबाटपनि सदस्यहरू सहभागी छन् ।

प्रतिक्रिया