‘सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल सामाजिक परम्परा पुनर्स्थापित गरौं’

नेपालखोज २०८२ भदौ १९ गते १०:१३

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल परम्पराहरू पुनर्स्थापित गर्नुपर्ने बताएका छन् ।

सरकारले दर्ता हुन नआएका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश दिँदै सामाजिक सञ्जाल बन्दभई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौं ।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्दभई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद् अनुभूति हुनेछ ।’

सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीलाई दर्ता अनिवार्य गर्ने तयारी गरेको र दर्ता नभएकालाई बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेको छ ।

सरकारले मेटालगायत सामाजिक सञ्जाल दर्ताका लागि दिएको समयसीमा सकिएको छ । तर, समयसीमा सकिए पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन् ।

प्रतिक्रिया