बिहीबार, पुष १०, २०८२

भारतको पञ्जाब र हरियाणामा भीषण बाढी, ४८ जनाको मृत्यु

नेपालखोज २०८२ भदौ १९ गते १२:२६

काठमाडौं । भारतको पञ्जाब र हरियाणामा भीषण बाढी आउदाँ ४८ जनाको मृत्यु भएकाे छ ।

भारतको पञ्जाबका सबै २३ जिल्ला डुबानमा छन् । १ हजार ६५५ गाउँका ३.५५ लाखभन्दा बढी मानिसहरू प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सेप्टेम्बर ३ देखि सेप्टेम्बर ७ सम्म राज्यका सबै विद्यालय, कलेज र विश्वविद्यालयहरूको बिदा बढाइएको छ । अगस्ट १ देखि सेप्टेम्बर ३ सम्म आएको बाढीमा ३७ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । पठानकोटमा ३ जना बेपत्ता छन् ।

पञ्जाबसँग जोडिएका हरियाणाका धेरै क्षेत्रहरू पनि बाढीको चपेटामा छन् । राज्यमा ११ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ । हिसार, पंचकुला, अम्बाला र रोहतकका सबै विद्यालयहरू अर्को आदेश नभएसम्म बन्द गरिएका छन् । दिल्लीबाट पानी छोडिएका कारण फरीदाबादमा यमुना नदीको जलसतह खतरा तहमा पुगेको छ ।

यमुना बजार क्षेत्रका राहत शिविरहरूमा पनि पानी पसेको छ । वर्षाका कारण अलीपुर प्रहरी चौकी क्षेत्रमा रहेको राष्ट्रिय राजमार्गमा रहेको फ्लाईओभरको एक भाग भत्किएको छ ।

हिमाचल प्रदेशको कुल्लुमा बिहीबार बिहान पहिरोमा परेर दुई घर भत्किएका छन् । यसमा एक जनाको मृत्यु भएको छ । ६ जना फसेका छन् ।

प्रतिक्रिया