निगमको थानकोट डिपोमा गैरजिम्वेवार बन्दै कर्मचारी

काठमाडौं । बेथिती र भ्रष्टाचारमा चुर्लुम्म डुवेको नेपाल आयल निगमको थानकोट डिपोका कर्मचारीहरुको ज्यादतीले ढुवानीकर्ता व्यवसायीहरु आजित बनेका छन् । डिपो प्रमुख जगदीश यादवको निर्देशनमा कर्मचारीहरुले ढुवानी व्यवसायीहरुको चेक भुक्तानी रोकेर खुलेआम घुस रकम माग्ने र रकम नदिए बिभिन्न बहानामा दुख दिने क्रम बढेपछि व्यवसायीहरु आजित बनेका हुन ।
कर्मचारीबाट आजित बनेक ढुवानी व्यवसायीहरुले मध्यमाञ्चल ढुवानी संघमा समेत थानकोट डिपोका कर्मचारीहरुले गरेको ज्यादतीको बारेमा उजुरी गरेको बताएका छन् । पीडित व्यवसायी एवं डिपोमा कार्यरत कर्मचारी श्रोत समेतले थानकोट डिपोमा ढुवानी भाडाबापतको कमिशन उठाउने कार्यमा शुष्मा भण्डारी डाँगी सक्रिय रहेकी छन् ।
उनले डिपो प्रमुख यादवकै निर्देशनमा ढुवानी भाडाबापतको कमिशन उठाउने गरेको दावी श्रोतले गरेको छ । अस्थायी तीन बर्ष र स्थायी १३ बर्ष समेत गरेर १६ बर्षदेखि थानकोट डिपोमा नैं कार्यरत रहेकी डाँगी सहायक स्तरको कर्मचारीमा सबैभन्दा बढी अकुत सम्पती आर्जन गर्ने कर्मचारी भएको दावी पनि श्रोतले गरेको छ ।
तत्कालीन समयमा निगम प्रमुख गोपाल खड्काको पालामा पनि ढुवानी व्यवसायीहरुलाई निकै दुख दिएपछि शुष्मा बिरुद्ध ढुवानी व्यवसायी महासंघले निगममा समेत कम्लेन गरेको थियो ।
उक्त डिपोमा सुरुवाती चरणदेखि नैं निकै नै बिवादित शुम्माले ट्रान्सपोर्टरलाई पेट्रोलियम पर्दाथ ढुवानी भाडाबापतको एक प्रतिशत कमिशन उठाउन निकै नै दवाव दिने गरेको श्रोत बताएको छ । उनले भाडा वापतको एक प्रतिशत कमिशन नदिने ढुवानीकर्ताहरुको चेक रोक्ने, त्यति गर्दा पनि रकम दिएनन् भने लेखाप्रमुख सुरेन्द्र तिमिल्सिनाको कक्षमा लगेर कमिशन लिएर छाडने गरेको दावी पनि श्रोतले गरेको छ ।
कुनै पनि बहानामा कमिशन नदिने ढुवानीकर्ताहरुलाई भने उनले बिभिन्न कारण दुख दिने र व्यवसायबाट नैं पलाउन हुनुपर्ने समेतको अवस्था सिजर्ना गर्ने गरेको दावी पनि व्यवसायी श्रोतले गरेको छ । डिपोका कर्मचारीहरुले चेक रोकेर घुस माग्दै गरेको ज्यादतीको बारेमा डिपो प्रमुख यादवलाई कम्प्लेन गरेपनि त्यसबाट समस्याको समाधान नभएको व्यवसायीको भनाई छ । म बुझ्छु, गर्छु भन्नु हुन्छ, तर केही गर्नुहुन्न, समस्या ज्यु का त्यू छ, व्यवसायीहरु भन्छन् ।
श्रोतका अनुसार थानकोट डिपो प्रमुख भएर आएका यादव पनि निगममा निकै नैं बिवादित व्यक्ति भएको स्वंम कर्मचारी श्रोतले बताएको छ । तत्कालीन निगम प्रमुख सुरेन्द्र पौडेलको पालामा यादवले बिरगञ्जमा डिपो प्रमुख हुँदा ठुलो परिमाणमा तेलमा मिसावट गर्ने गरेको घटना सार्वजनिक भएको थियो । यादवको संलग्नतामा भएको उक्त घटना सार्वजनिक भएपछि उनलाई त्यहाँबाट हटाएर कारवाही गरिएको थियो ।
यति बिवादित हुँदाहुदै पनि पछिल्लो समय थानकोट डिपोमा सरुवाको सुचीमा रहेका चार जना प्रतिस्पर्धी (आफुसहित) इन्दु शर्मा, नवबिनोद पोखरेल र अभिशेष ठाकुरलाई पछि पार्दे यादव थानकोटको डिपो प्रमुख बन्न सफल हुनु रहस्यमय भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।
श्रोतका अनुसार थानकोट डिपाले ढुवानीभाडा भुक्तानी वापत एक प्रतिशत कमिशन उठाउने गरेको छ । यस्तो रकम उठाएर प्रमुखलाई बुझाउनेहरुमा शुम्मा सहित बिष्णु दाहाल, पाण्डव बिक, हेम बराल र शरद सापकोटा रहेकाछन् । डिपोमा कार्यरत कर्मचारी श्रोतका अनुसार थानकोट डिपोले ढुवानी भाडा भुक्तानी कमिशन वापतको एउटा शिर्षकमा मात्र महिनामा १० लाख रुपैंयाँ घुस उठाउने र यसरी उठाएको रकम बिभिन्न तहमा बाँडफाँट गर्ने गरिएको छ ।

प्रतिक्रिया