शुक्रबार, पुष ११, २०८२

दर्ता नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द गर्न प्राधिकरणलाई सरकारकाे निर्देशन

नेपालखोज २०८२ भदौ १९ गते १४:५७

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा बसेको बैठकले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र आजैदेखि बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको मन्त्री गुरुङले बताए । उनले बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छने जानकारी दिए ।

सरकारको निर्णयानुसार बिहीबार नै प्राधिकरणले दर्ता नभएका सञ्जाल बन्द गर्ने तयारी गरेको छ । फेसबूक, ट्वीटर र युट्युबलगायत झण्डै २ दर्जन सामाजिक सञ्जाल बन्द हुनेछन् ।

दर्ता भएका टिकटक र भाइबर भने बन्द हुने छैनन् ।

सञ्चार मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया