बिहीबार, मंसिर २५, २०८२

एनएमबि बैंकका कर्मचारी र ग्राहकजरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

नेपालखोज २०८२ भदौ १९ गते १६:०६

काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटललेप्रदानगर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि, इसिजि, इको, एक्सरे, फिजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी, परिवार र ग्राहकले पाँच देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी, परिवार तथाग्राहकलाई उपचारको क्रममा राहत हुने बैंकलेविश्वास लिएको छ । सम्झौतामा एनएमबिबैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंककोएटिएम, क्रेडिट कार्ड, ईन्टरनेटबैकिङ्ग,मोबाइल बैकिङ्ग,कर्पोरेट पे,आइपिस,क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया