एन आई सी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभासम्पन्न

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाण्डौमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले बिशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभामा संचालक समितिको अध्यक्षसन्तोष कुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा३० करोड ६० लाख भन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए । त्यसैगरी व्यवसाय तर्फ आषाढ मसान्त, २०८२ सम्म आठ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत चार वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म पाँच वटा योजना मार्फत पाँचअर्ब ४५ करोड भन्दा बढी रकम यवस्थापन गर्न सफल भएको बताए ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत ७२० जना ग्राहकहरुबाट दुई अर्व ७० करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको पनि सभामा जानकारी दिईहो । शेयर रजिष्ट्रार सेवा अन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आईडिया टु आईपिओ सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको व्यहोरा समेत सभालाई जानकारी गराए ।
साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्नो शेयरधनीलाई हालसम्म दुई सय ९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको व्यहोरा जानकारी दिए ।








प्रतिक्रिया