काठमाडौंमा एक्स ओ क्लवको शुरुवात

काठमाडौं । काठमाडौंमा एक्स ओ क्लवको शुरुवात भएको छ । यो सँगै राजधानी काठमाडौँले अब नयाँ धड्कन पाएको छ । नेपालको नाइट लाइफ अब आकार, ध्वनि र अनुभवको नयाँ युगमा प्रवेश गरेको छ । करिब ३० करोड रुपैयाँको ठुलो लगानीसहित बनेको यस स्थलले देशकै मनोरञ्जन क्षेत्रमा नयाँ स्तर स्थापित गरेको छ ।
सुरुवात देखिनै एक्स ओ क्लबले आफू फरक हुने सङ्केत दिएको थियो । आधिकारिक उद्घाटन हुनु अघि नै, आफ्टरआवोर्स सँग मिलेर गरिएको अन्डर–कन्स्ट्रक्सन पार्टीले काठमाडौँलाई पहिलो पटक विश्व स्तरीय क्लबको झलक दिएको थियो ।
नेपालमै पहिलो पटक यहाँ विश्व प्रसिद्ध एड्म्सन स्पिकर जडान गरिएको छ, जुन विश्वका ठुला क्लब र फेस्टिभलहरूले प्रयोग गर्दै आएका छन्। क्यानडाबाट स्वयं कार्लोस सालाबेरी आएर यसलाई ट्युन गरेका थिए ।
अत्याधुनिक लाइटिङ, साउण्डप्रुफिङ र अत्याधुनिक प्रविधिहरूसँगै सङ्गीत प्रेमीहरूलाई पूर्णतया डुब्ने अनुभव दिलाउने गरी तयार गरिएको छ ।
यसको प्रविधि र अनुभव मात्र होइन, पछाडि काम गर्ने टोली पनि उतिकै सक्षम छ । टिम एक्स एल का संस्थापक शशिन्द्र चित्रकारको नेतृत्वमा बनेको यस परियोजनामा विनय अमात्य (प्रोजेक्ट स्टुडियो प्रोडक्सनका संस्थापक तथा ख्यातिप्राप्त अडियो इन्जिनियर) सक्रिय रूपमा संलग्न छन् । १०० भन्दा बढी जनशक्तिको टिमले अन्तर्राष्ट्रिय स्तरकै सेवा सुनिश्चित गरेको छ ।

प्रतिक्रिया