बेनिघाट–लार्के सडक १० दिनदेखि अवरुद्ध

नेपालखोज २०८२ भदौ १९ गते २१:५६

गोरखा । उत्तरी गोरखाको प्रवेशद्वार बेनिघाट–लार्के सडक विगत १० दिनदेखि अवरुद्ध छ । सेनाले निर्माण गरिरहेको सो सडकको तातोपानी खण्डको पहिरो नपन्छाउँदा सो सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । धार्चे–३ मा पहिरोले सडकको जग नै बगाएर बूढीगण्डकीमा पु¥याएको छ । पैदलयात्रुसमेत पहिरोको बाटो जोखिम मलेर हिँड्न बाध्य भएको स्थानीय इन्द्रप्रसाद गुरुङले जानकारी दिए । -रासस

प्रतिक्रिया