सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्छ : उपसभापति गुरुङ
नेपालखोज
२०८२ भदौ २० गते १७:३४

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्ने बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताए ।
सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । उनले सामाजिक सञ्जालको बारेमा लिएर भएका तर्क विर्तकभन्दा पनि के गर्दा मुलुकलाई राम्रो हुन्छ त्यहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।
सम्बन्धित

प्रतिक्रिया