आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

काठमाडौं । इजरायली सेनाले गाजा सहरका बासिन्दालाई शनिबार योजनाबद्ध आक्रमणअघि यस क्षेत्र छोड्न निर्देशन दिएको छ । सेनाले आक्रमणका लागि कुनै समय-सीमा नतोकी आक्रमणको घोषणा गरेको जनाइएको छ ।
घोषणालाई आत्मसाथ गरी मानवीय क्षेत्रबाट चाँडै सर्न सैन्य प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जालमार्फत् निर्देशन दिए ।
गाजाको दक्षिणी तटमा रहेको अल-मवासीमा खाना, शिविर, औषधि र चिकित्सा उपकरणको निरन्तर आपूर्तिको साथै घुम्ती अस्पताल, पानी लगायतका सुविधाहरु भएको सेनाले बताएको छ ।
अल-मवासीमा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत सहयोगका प्रयासहरू निरन्तर जारी रहनेसमेत जनाइएको छ ।
सुरुवाती समयमा इजरायलले अल-मवासीलाई सुरक्षित क्षेत्र घोषणा गरेको थियो, तर नागरिकहरूबिच लुकेका हमास लडाकुहरूलाई लक्षित गरेको भन्दै हाल त्यहाँ बारम्बार आक्रमण गरिरहेको छ ।
स्थानीय बासिन्दाहरुले कोही वस्ती खाली गर्न भन्ने र कोहीले बस्नुपर्ने बताएपछि दोहोरो आक्रमणको त्रासबीच हाल उनीहरु रिमल क्षेत्रको एउटा शिविरमा शरण लिइरहेको जनाएका छन् ।








प्रतिक्रिया