सुन मूल्य ताेलामा १६ सयले बढ्यो
नेपालखोज
२०८२ भदौ २२ गते ११:३९

काठमाडौं । नेपाली बजारमा सुन मूल्य बढेको छ ।
सुन मूल्य सोमबार १६ सयले बढेर २ लाख १२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको थियो ।
सम्बन्धित








प्रतिक्रिया