बौद्धमा खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

नेपालखोज २०८२ भदौ २२ गते १२:१२

काठमाडौं । बौद्धमा जित मोक्तानमाथि खुकुरी प्रहार गर्ने मुख्य नाइकेसहित ३ जनालाई भारतमा पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।

स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनीहरुलाई काठमाडौं ल्याएको हो ।

साउन १२ गते राति ९ बजेर ५५ मिनेटमा मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काभ्रेको रोशी गाउँपालिका-१० घर भएर नयाँ बस्ती बस्ने २९ वर्षीय मोक्तानमाथि खुकुरी प्रहार भएको थियो ।

चार जनाको समूहले युवकको हात, ढाड, पेटमा खुकुरी प्रहार गरी फरार भएको थियो । उनी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया