लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपालखोज २०८२ भदौ २२ गते १६:४४

काठमाडौं । अछामको साँफेबगर नगरपालिका-८ बयलपाटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय समिर कुँवरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ ओडलियाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभोन १९ ट्याब्लेट सहित सोही नगरपालिका–३ पडरिया बस्ने १९ वर्षीय कयुम खान समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिदह समेतबाट खटिएको प्रहरीले नम्बर प्लेट नभएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका११ गुम्बाटोलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३३० मिलिग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय बिभित रम्तेल, सोही उपमहानगरपालिका-११ थानाभर्याङ श्रीजनाटोल बस्ने ३७ वर्षीय सन्दिप वाईबा र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २८ वर्षीय निखिल गोले लामा रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटाको महालक्ष्मी नगरपालिका–५ बरडाँडास्थित बेलवारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ वेलवारी नगरपालिका–४ बस्ने २१ वर्षीय मनिष दर्जि र २२ वर्षीय ख्याम बहादुर श्रेष्ठ रहेका छन् । प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले मे.८ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार दुबै जनालाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका–४ जिजिकोट बस्ने २५ वर्षीय टेकेन्द्र कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-२ बस्ने ३६ वर्षीय चेत बहादुर राना मगरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१५ चाइना मार्केटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३४० मिलिग्राम, नियन्त्रित लागूऔषध लुपिजेसिक १३ एम्पुल, डाईजेपाम १३ एम्पुल र फेनारगन १२ एम्पुल सहित काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीय साजन केसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका–२ बाट लागूऔषध गाँजा ९० किलो ६४० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे.१ च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रमाम उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया