माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल
नेपालखोज
२०८२ भदौ २२ गते १७:१६

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे ।
अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित

प्रतिक्रिया