अस्पतालमा रगत अभाव भए ‘१११५’ मा फोन गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह

नेपालखोज २०८२ भदौ २३ गते १९:३७

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न आग्रह गरेकाे छ । आज  ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिन १११५ मा फोन गर्न आग्रह गरेकाे हाे ।

समथै मन्त्रालयले रगतको उपलब्धताबारे अस्पातललाई जानकारी प्रदान गर्न हेल्लो स्वास्थ्य निशुल्क कल सेन्टर ‘१११५’ रातभर सञ्चालनमा गर्ने भएको छ ।

कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्ने मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया