गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
नेपालखोज
२०८२ भदौ २३ गते २०:१६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । काठमाडौंमा सोमबार भएको प्रदर्शनमा भएको झडपमा कम्तिमा पनि १९ जनाको मृत्यु भएपछि उनको राजीनामा माग गरिएको थियो । उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको जनाइएकाे छ ।
सोमबार दिनभर राजधानीमा भएको जेनजी समूहको आन्दोलन हिंसात्मक रुप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । उक्त घटनाको जिम्मेवारी लिँदै मन्त्री लेखकले आफू पदमा बसिरहनु उचित नहुने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया