कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किए

नेपालखोज २०८२ भदौ २४ गते २०:२०

काठमाडौं । जेन-जी प्रदर्शनकारीले कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो ।

त्यसपछि जेन-जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।

कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन-जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

प्रतिक्रिया