विराटनगर बालसुधार गृहबाट भागेका ६० जना पक्राउ, १ सय फरार
नेपालखोज
२०८२ भदौ २५ गते १२:५२

काठमाडौं । विराटनगर महानगरपालिका-३ मा रहेको बाल सुधारगृहबाट हालसम्म फरार भएकामध्ये करिब ६० जना बाल बिजाइँकर्तालाई नियन्त्रणमा लिइसकिएको छ ।
गृहमा रहेका कूल २५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया