सिंहदरबारमा रहेकाे सरकारी डाटा सुरक्षित रहेको व्यवस्थापन प्रमुखको भनाइ

नेपालखोज २०८२ भदौ २५ गते १३:१२

काठमाडौं । सिंहदरबारमा रहेकाे सरकारी डिजिटल तथ्यांक (डाटा)सुरक्षित रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले बताएका छन् ।

सिंहदरबार भित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको आईडीएमसीले भट्टराईले बताएका हुन् ।

जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ ।

आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर ९डिजास्टर रिकभरी कार्यालय० पनि पूर्णतः सुरक्षित रहेको भट्टराईले बताए । कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।

आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलवारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए ।

प्रतिक्रिया