गंगा दाहालको घरमा जलेको अवस्थामा पुरुषको शव फेला

नेपालखोज २०८२ भदौ २५ गते १४:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको घरमा पुरुषको शव फेला परेकाे छ ।

ललितपुरको ढोलाहिटीमा मंगलबार जेनजी प्रदर्शनकारीहरूले गंगाको घरमा आगजनी गरेका थिए ।

ललितपुरका एसपी श्यामकृष्ण अधिकारीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।

शव पोस्टमार्टमको लागी पाटन अस्पतालमा पठाइने छ ।

प्रतिक्रिया