विषम परिस्थितिबाट उठ्न संयम, संवाद र एकता अपरिहार्य रहेको नेपाली कांग्रेसको भनाइ

काठमाडौं । नेपाली कांग्रेसले यो विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको जनाएको छ । उक्त पार्टीले आज (बुधबार) विज्ञप्ति जारी गर्दै अत्यन्तै कठिन अवस्था र प्रतिकूलताका बीच पनि ‘सामाजिक एकता र सदभाव’ नेपाली समाजको विशिष्ट चरित्र भएको बताएको छ ।
साथै, सही सुझावलाई समयमै ग्रहण गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा यस्तो मानवीय क्षति भएको र त्यसबाट सिंगो नेपाल र संसारभरका सबै नेपाली स्तब्ध र अत्यन्तै दुस्खित भएको पनि विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा भनिए छ, ‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटकपटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनीतिक नेतृत्वले स्थितिको सही आकलन गर्न सक्नुपर्छ या अरुले दिएको सही सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात् गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो, त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौँ ।’





प्रतिक्रिया