जनमत पार्टीका सांसदहरुले दिए राजीनामा
नेपालखोज
२०८२ भदौ २५ गते १७:०८

काठमाडौं । जनमत पार्टीका सांसदहरुले राजीनामा दिएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाँकी पाँचै जना प्रतिनिधिसभा सदस्यले सामूहिक राजीनामा दिएकाे उल्लेख गरे ।
राजीनामा पत्रमा उनीहरूले ‘जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु लेखेका छन् ।
‘देशको वर्तमान आन्दोलन र अवस्थालाई मध्यनजर गर्दै नौलो गणतन्त्रले नै त्यसलाई सम्बोधन गर्न सक्ने आस्थाका साथ सोको स्थापनाका लागि प्रतिनिधी सभाको सदस्यको पदबाट आजैको मितिबाट जनमत पार्टीका तपसिलका संघीय प्रतिनिधि सभा सदस्यहरू सामूहिक राजीनामा दिएको ब्योहोरा जानकारी गराउँद छु,’ विज्ञप्तिमा लेखिएको छ, ‘जनतासँग उभिएको र जनतासँगै उभिने स्मरणसमेत गराउन चाहन्छु । ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’
सम्बन्धित

प्रतिक्रिया