उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी, अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने

नेपालखोज २०८२ भदौ २६ गते ६:२३


काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ । बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । 

अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया