जेनजी आन्दोलनले उपठाएका माग संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्न प्रचण्डको अपिल

नेपालखोज २०८२ भदौ २६ गते १०:४५

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले उपठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न आह्वान गरेको छ ।

बिहीबार अपिल जारी गर्दै पार्टी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जेन जी पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न सम्मानित राष्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भूमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्‍याउन सबैसँग अपिल गर्दछु ।’

उनले अगाडि भनेका छन्, ‘प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आह्वानन गर्दछु ।’

प्रचण्डले संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपिल गरेका छन् ।

प्रतिक्रिया