राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्छ : पत्रकार महासङ्घ

काठमाडाैं । नेपाल पत्रकार महासङ्घले राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने बताएकाे छ ।
महासङ्घले बिहीबार एक अपिल सार्वजनिक गर्दै तत्काल अहिलेको सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने जनाएको हाे ।
साथै महासङ्घले नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट पहल हुनुपर्ने जनाएको छ । ‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ र यसको लागि सहजीकरण गर्न पत्रकार महासङ्घ लगायतका ६ वटा पेसागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौ’, महासङ्घले भनेको छ ।
महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासङ्घ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासङ्घले चिन्ता प्रकट गरेको छ ।



प्रतिक्रिया