शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि राष्ट्रपति अपिल

नेपालखोज २०८२ भदौ २६ गते १५:२८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरे ।

उनले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताए ।

प्रतिक्रिया