बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०८२ भदौ २६ गते १६:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ । बिहीबार इजाजतपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूको नाउँमा सुचना जारी गर्दै राष्ट्र बैकले सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सुचनामार्फत भनेको छ, यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको यही भदौ २५ गते जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन भनेको छ ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सीसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेभसाईट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया