पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार
नेपालखोज
२०८२ भदौ २६ गते १७:४०

पर्सा । पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।
गत मङ्गलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए ।
बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बालसुधारगृहबाट भागेका किशोरहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिए ।
बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरु भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।
सम्बन्धित

प्रतिक्रिया