धनुषा जिल्लामा पनि ६ बजेदेखि कर्फ्यु लागू

नेपालखोज २०८२ भदौ २६ गते २०:२३

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज साँझ ६ बजेदेखि भोलि २७ गते बिहान ६ बजेसम्मका लागि धनुषा जिल्लामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा आज जिल्ला सुरक्षा समितिको बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिमको दफा ६को उपदफा (३ क), (६ क) र (६ ख) बमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी गरेको सो कार्यालयबाट जारी सूचनामा जनाइएको छ ।

यसअघि आज बिहान ११ बजेदेखि आज साँझ ५ बजेसम्म धनुषा जिल्लाभरि कर्फ्यु आदेश जारी भएको थियो । –रासस

प्रतिक्रिया