काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको थपियाे समय
नेपालखोज
२०८२ भदौ २६ गते २०:४८

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थप गरेकाे छ । सेनाले काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थप गरेकाे हाे ।
सेनाले विज्ञप्ति जारी गर्दै भनेकाे छ, ‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ ।’
निषेधाज्ञा तथा कर्फ्युको समयमा अत्यावश्यक सेवाका (एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, ग्यास लगायतको इन्धन, दुध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने) सवारी साधनहरू सञ्चालन गर्न सकिने जनाइएको छ ।

सम्बन्धित

प्रतिक्रिया