‘जेनजी पुस्ता’को माग संवैधानिक रूपमा पूरा गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ‘जेनजी पुस्ता’को मागप्रति समर्थन जनाउँदै त्यसलाई संवैधानिक रूपमा पूरा गर्नुपर्ने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी पुस्ता’ले उठाएका सुशासन, रोजगारी, विकास तथा शासन व्यवस्थाका विषय सम्बोधन गर्न वर्तमान संविधानभित्रैबाट सकिने बताए । लोकतन्त्रलाई नै समाप्त पार्ने, अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेकाले जेनजी पुस्ताले गरेका माग संविधान संशोधन गरेर पूरा गर्न सकिने बताए ।
लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद् विघटन र संविधान खारेज गरी देशको राष्ट्रियता कमजोर बनाउने षड्यन्त्रलाई विफल बनाउने विषयमा संवेदनशील हुन आग्रह गर्दै उहाँले जेनजी पुस्ता, संविधानविद्, नागरिक समाज र राजनीतिक प्रतिनिधिको सामूहिक छलफलबाट अन्तरिम सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया