जेनजीकाे प्रदर्शनमा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि
नेपालखोज
२०८२ भदौ २७ गते १६:३९

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको अन्त्येष्टि भएको छ ।
२४ गतेको जेनजी प्रदर्शनमा घटनालाई नियन्त्रणमा लिने प्रयास गर्दा काठमाडौंमा तीन प्रहरीको मृत्यु भएको थियो ।
प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए ।
हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए ।
सम्बन्धित

प्रतिक्रिया