सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

नेपालखोज २०८२ भदौ २७ गते २०:१८

काठमाडौं । सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । स्रोतका अनुसार ९ बजे उनको शपथ हुनेछ ।

अन्तरिम प्रधानमन्त्रीसँगै अन्य कम्तिमा दुई मन्त्रीको शपथ ग्रहण हुने भएको छ ।

प्रतिक्रिया