अहिले संसद् विघटन गर्नतिर अग्रसर हुनु विडम्बना : शंकर पोखरेल
नेपालखोज
२०८२ भदौ २७ गते २०:४७

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संसद् विघटन गर्नतिर अग्रसर हुनुलाई विडम्बनापूर्ण भएको बताएका छन् ।
महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताए ।
उनले लेखेका छन्‚ ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
सम्बन्धित

प्रतिक्रिया