देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ, सबै एक भएर अगाडि बढ्नुपर्छ : कुलमान घिसिङ
नेपालखोज
२०८२ भदौ २८ गते ११:१७

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले देश गम्भीर अवस्थामा माेडिएकाे हुँदा सबै एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै उनले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको पनि बताए ।
‘देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ’, उनले लेखेका छन् ।
देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नुपर्नेमा उनको जोड छ ।
उनले लेखेका छन्, ‘जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो । सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।’
सम्बन्धित

प्रतिक्रिया