अन्तरिम सरकारमा सुमना श्रेष्ठ सहभागी नहुने, पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने
नेपालखोज
२०८२ भदौ २८ गते ११:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी नहुने बताएकी छन् ।
सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले आफू मन्त्री बन्न लागेको हल्ला मात्र हाे भन्दै पदमा नरही सरकारलाई पूर्ण समर्थन गर्ने बताएकी हुन् ।
‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु’, उनले भनिन् ।
उनी शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहणमा उपस्थित भएपछि यस्तो अनुमान लगाएर चर्चा भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया