सिंहदरबारमा जेनजी आन्दोलनका क्रममा भएकाे क्षतिको विवरण संकलन र सफाइ सुरु

नेपालखोज २०८२ भदौ २८ गते १५:०५

काठमाडौं । सिंहदरबारभित्र जेनजी आन्दोलनका क्रममा भएकाे क्षतिको विवरण संकलन र सफाइ सुरु भएकाे छ ।

शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्त्वपूर्ण फाइलहरु र सामानहरू सुरक्षित गर्ने काम थालेका छन् ।

आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन् ।

प्रतिक्रिया