जेनजी आन्दोलनका घाइतेलाई भेट्न ट्रमा सेन्टर पुगि प्रधानमन्त्री कार्की
नेपालखोज
२०८२ भदौ २८ गते १५:४८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइतेलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन् । प्रधानमन्त्री कार्की शनिबार दिउँसो ट्रमा सेन्टर पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी हुन् ।
यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जेनजी समूहकै माग बमोजिम कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया