प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण

नेपालखोज २०८२ भदौ २९ गते ११:३४

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरेकी छन् ।

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया