सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त

नेपालखोज २०८२ भदौ २९ गते १९:३२

काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् । यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।

प्रतिक्रिया