नवनियुक्त तीन मन्त्रीकाे पद तथा गोपनीयताको शपथ आज
नेपालखोज
२०८२ भदौ ३० गते ६:०८

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । आइतबार साँझ नियुक्त ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनालले आज शपथ लिन लागेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालय, अर्थमन्त्रीमा रामेश्वर खनाल तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त गरेकाे थियाे ।
कुलमान घिसिङलाई भने भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
सम्बन्धित

प्रतिक्रिया