सुशीला कार्कीको राजीनामा माग्दै जेनजीकाे बालुवाटारमा प्रदर्शन, मन्त्री छनोटप्रति असन्तुष्ट

नेपालखोज २०८२ भदौ ३० गते ८:४८

काठमाडौं । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए । प्रधानमन्त्री निवासको तीन नम्बर गेटअगाडि प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, ‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो । हामीलाई कसैले रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौँ, त्यही ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’

आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ । जेनजीका अगुवा सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया