भारतबाट बढेर आएकाे पेट्रोलियम पदार्थको मूल्य नेपालमा यथावत् रहने
नेपालखोज
२०८२ भदौ ३० गते २०:२६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट सोमबार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ २९ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा बढेर आएको थियो ।
आसन्न चाडपर्वको अवसर एवं मुलुकको हालको विषम परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभरि पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा मूल्यलाई नै यथावत राखेकाे निगमले जनाएकाे छ ।

सम्बन्धित

प्रतिक्रिया