विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

नेपालखोज २०८२ भदौ ३० गते २१:१३

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि बढ्न सबैलाई अपिल गरेकी छन् । आज एक विज्ञप्ति जारी गरी उहाँले नीतिनिर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गरेकी छन् ।

‘युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन । देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप अगाडि बढ्न आग्रह पनि गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष घिमिरेले कठिन घडीमा सबै पक्षलाई धैर्य, संयम र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गरेकी छन् । राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेकामा उनको जोड छ ।

उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै ‘जेनजी’ आन्दोलनबाट उत्पन्न परिस्थितिको सामना गर्न शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा जुट्न आह्वान गरेकी छन् । -रासस

प्रतिक्रिया