जेनजी आन्दोलन : सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधनमा क्षति ?
नेपालखोज
२०८२ भदौ ३१ गते ११:३८

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा ४४१ वटा साना गाडी तथा बसमा पूर्ण क्षति पुगेको छ । यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ वटा साना गाडी बस र ७४ वटा मोटरसाइकल स्कुटर जलेका छन् । अर्थ मन्त्रालयकाे ३६ वटा गाडी र ५४ वटा मोटरसाइकल स्कुटर जलेका हुन् ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा गाडी र २०० अनुमानित मोटरसाइकल, सडक विभागका ६५ वटा बस र मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ । खेलकुद मन्त्रालयका १९ वटा सवारी साधन जलेर नष्ट भएका छन् ।

सम्बन्धित

प्रतिक्रिया