जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्त्येष्टि गरिंदै

नेपालखोज २०८२ भदौ ३१ गते १२:४०

काठमाडौं । जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टि गरिँदै छ ।

टिचिङ अस्पतालबाट आन्दोलनमा ज्यान गुमाएकाहरुमध्ये १० जनाको आज अन्त्येष्टि गर्न लागिएको हो । शवयात्राका लागि आएकाहरुले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।

सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।

भदाै २३ र २४ गते भएको आन्दोलनमा ७२ जनाको ज्यान गुमाएको छ ।

प्रतिक्रिया